सभामुखको कार्यकक्षमा केपी ओलीले भेटे चन्द्र भण्डारी
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा पुगेका भण्डारीलाई भेट्न अध्यक्ष ओली आएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
काठमाडाैं, जेठ १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको कार्यकक्षमा कांग्रेस सांसद चन्द्र भण्डारीलाई भेटेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा पुगेका भण्डारीलाई भेट्न अध्यक्ष ओली आएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। भण्डारीलाई भेट्न विभिन्न दलका सांसद पनि त्यहाँ पुगेका थिए।
ओलीसँगको भेटमा भण्डारीले भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनें, गुल्मीमा पनि बोल्नुभएको सुनें। गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो।धेरैधेरै धन्यवाद।’ त्यसक्रममा भण्डारीले आफूले आमा बितेको कुरा दुई महिनापछि मात्रै थाहा पाएको बताए।
ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’ त्यसक्रममा भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्काल काम सुरु गर्न ध्यानाकर्षण गराए।
सभामुख घिमिरेले एक साताअघि निवासमै गएर माननीय भण्डारीसँग भेट गरेको प्रेस सल्लाहकार अधिकारीले बताए। उनका अनुसार सभामुख घिमिरेले भण्डारीको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाएका थिए।













![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


