Kathmandu Press

बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह

अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने उनको भनाइ छ।
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह

काठमाडाैं, जेठ १० : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिँदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।

अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने उनको भनाइ छ। 'नीति तथा कार्यक्रममा विभिन्न विषय समेटिएका छन्, यसको सही मूल्याङ्कन कार्यान्वयन भए पछि हुने हो', उनले भने, 'सीमित स्रोतसाधनका बाबजुद जनताको जनजीवनसँग जोडिएका विषय सम्बोधनका लागि न्यायोचित बजेट बिनियोजन आवश्यक छ। त्यसैअनुसार प्राथमिकता निर्धारण गर्नुपर्छ।'

सुशासन प्रवर्धन तथा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताका लागि विधिको शासन लागू हुनुपर्ने बताउँदै उनले कानुन अरुलाई मात्रै लागु हुने र आफ्ना लागि लागु नहुने भन्ने सोच खराब रहेको बताए।

'नक्कली भुटानी शरणार्थी प्रकरण पनि विधिको शासनअनुसार छानबिन र कारबाहीको दायरामा ल्याइनुपर्ने उनको भनाइ छ। तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न र प्रभावकारीरुपमा काम गर्ने बनाउन आवश्यक कानुन निर्माणमा शीघ्रता दिनुपर्ने पनि उनले बताए। उनले सातवटै प्रदेशको विशेषता झल्किने गरी योजना ल्याउन सुझाव दिए। 

सङ्घीय राजधानीको एकीकृत विकास योजना बनाइनुपर्ने तथा समन्वय इकाइ गठन गर्नुपर्ने, राष्ट्रिय गौरव र रणनीतिक महत्वका योजना मात्रै केन्द्रबाट सञ्चालन गर्नुपर्ने, मझौला र साना आयोजना प्रदेश र स्थानीय तहलाई पठाउने, नेपाली वस्तुको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उहाँको भनाइ छ।

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्