Kathmandu Press

नेकपाका नेताहरुको सम्पत्ति छानविन गरिने

काठमाडौं, माघ १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना नेताहरुको सम्पत्ति छानविन गर्ने भएको छ। 

आइतबार सकिएको केन....

नेकपाका नेताहरुको सम्पत्ति छानविन गरिने

काठमाडौं, माघ १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना नेताहरुको सम्पत्ति छानविन गर्ने भएको छ। 

आइतबार सकिएको केन्द्रीय कमिटीको बैठकले पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्ने निर्णय गरेको हो। सम्पत्ति छानविनको जिम्मेवारी पार्टीको अनुशासन समितिलाई जिम्मा दिइएको छ। 

केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका नेताहरुको सम्पत्ति छानविन गर्न अनुशासन समितिलाई जिम्मा दिइएको बताएका हुन्। अनुशासन समितिका संयोजक अमृतकुमार बोहोरा छन्। 

यसअघि केन्द्रीय कमिटीको बैठकमा बोल्दै अधिकांश केन्द्रीय सदस्यहरुले नेताहरुको सम्पत्ति छानविन गर्नु पर्ने माग गरेका थिए। 

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्