Kathmandu Press

नागरिकता ऐन संशोधन विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

नागरिकता ऐन संशोधन विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौं, जेठ १० : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता ऐन संशोधन विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै उनले भने,  ‘नागरिकता विधेयक तत्काल प्रमाणीकरण गरी लागु गर्नुपर्छ।’ विधेयक प्रमाणीकरणका लागि संविधान र कानुनका दृष्टिले राष्ट्रपति पौडेललाई कुनै बाधाअड्चन नभएको जिकिर उनले गरे। बुधबारकै बैठकमा कांग्रेस नेता एवं सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिनिधिसभाको अघिल्लो कार्याकालमा संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणीकरण नगरेको स्मरण गर्दै उनले राष्ट्रपतिमा रामचन्द्र पौडेल आएपछि पुनः प्रमाणीकरण गर्न मिल्ने र गर्नुपर्ने उनको भनाइ छ।
 

प्रकाशित मिति: १४:३५ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्