Kathmandu Press

टेष्ट राष्ट्रसँग नेपालको अभ्यास खेल नराखेकोमा क्यानकाे असन्तुष्टी, लेख्यो आईसिसीलाई पत्र

आईसिसीको यही निर्णयमा असन्तुष्टी जनाउँदै क्यानले पत्र लेखेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। अझै समय रहेकाले वार्म अप म्याचको खेलतालिकाबारे पुनर्विचार गर्न आग्रह गरिएको बताए ।
टेष्ट राष्ट्रसँग नेपालको अभ्यास खेल नराखेकोमा क्यानकाे असन्तुष्टी, लेख्यो आईसिसीलाई पत्र

काठमाडौं, जेठ १० : जिम्बाबेमा हुने आईसिसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यास खेलमा नेपाललाई टेस्ट राष्ट्रसँग खेल्ने व्यवस्था नमिलाइएकोमा नेपाल क्रिकेट संघ (क्यान)ले असन्तष्टी जनाएको छ।

१० टिम सहभागी विश्वकप छनोटमा ४ टेस्ट राष्ट्र र ६ एसोसिएट्स टिम सहभागी छन्। छनोटअघि प्रत्येक टिमले २ अध्यास खेल खेल्ने आईसिसीको तालिका छ।

जसमा नेपालबाहेक ५ एसोसिएट्स टिमले कम्तिमा एउटा अभ्यास खेल टेस्ट राष्ट्रसँग खेल्ने तालिका छ, तर नेपालले दुवै अभ्यास खेल एसोसिएट्स टिमसँग खेल्ने तालिका छ।

आईसिसीको यही निर्णयमा असन्तुष्टी जनाउँदै क्यानले पत्र लेखेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। अझै समय रहेकाले वार्म अप म्याचको खेलतालिकाबारे पुनर्विचार गर्न आग्रह गरिएको बताए ।

‘नेपालको मात्र टेष्ट राष्ट्रसँग वार्म अप म्याच राखिएको छैन । यो असमान व्यवहार भयो जस्तो लाग्यो । नेपालले पनि कम्तीमा एक टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ पाठकले भने, ‘हामीले मंगलबार नै आईसिसीलाई इमेल मार्फत यसबारे जानकारी गराइसकेका छौं।’

नेपालले जुन १३ मा युएई र जुन १५ मा ओमानसँग वार्म अफ म्याच खेल्ने तालिका छ।

जुन १८ देखि जुलाई जुलाई ९ सम्म जिम्बावेको हरारे र बुलायोमा हुने विश्वकप छनोटमा चार टेष्ट राष्ट्र र ६ एसोसिएट गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्ससँगै समूह एमा छ।

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्