Kathmandu Press

बामदेव गौतम अब नेकपाको उपाध्यक्ष

काठमाडौं, माघ १९ : बामदेव गाैतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष बनेका छन्। 

 आइतबार केन्द्रीय कमिटी बैठकले महासच....

बामदेव गौतम अब नेकपाको उपाध्यक्ष
फाइल

काठमाडौं, माघ १९ : बामदेव गाैतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष बनेका छन्। 

 आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पाैडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम बैधानिकरुपमा उपाध्यक्ष बनेका हुन्।

यसअघि गत साउन २१ गते बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। त्यसपछि बसेको स्थायी समिति बैठकले सचिवालयको निर्णयलाई सदर गरेपनि विधानमा उपाध्यक्षको व्यवस्था नहुँदा निर्णय अलपत्र परेको थियो।

नेकपा विधानमा उपाध्यक्षको व्यवस्था थिएन। तर, आइतबार नेकपा केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन्।  गौतम पार्टीको संगठन विभाग तथा किसान संघको प्रमुख पनि हुन्। 

त्यस्तै, बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव संशोधनसहित पारित गरेको छ।
 

प्रकाशित मिति: १६:०५ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्