Kathmandu Press

गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा

चेन्नई चार पटकको च्याम्पियन टोली हो । चेन्नईमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।
गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा

काठमाडौं, जेठ १० : चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। गएराति भएको पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो । 

चेन्नई चार पटकको च्याम्पियन टोली हो । चेन्नईमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ४२ रन बनाए । राशिद खानले ३० रन जोडे । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका रविन्द्र जडेजा, दीपक चाहर, महेश थिक्सेना, मथिशा पाथिरानाले समान २र२ विकेट लिए भने तुषार देशपान्डेले १ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । चेन्नईका ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । त्यस्तै डेभन कन्वेले ४० रन जोडे । कप्तान महेन्द्रसिंह धोनी १ रनमा आउट भएका थिए ।

गुजरातका मोहित शर्मा र मोहम्मद शामीले समान २र२ विकेट लिए । त्यस्तै नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान १र१ विकेट लिए ।

पराजित गुजरातले फाइनल प्रवेशका लागि आज हुने मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीचको एलिमिनेटर खेलको विजेतासँग शुक्रवार खेल्नेछ ।

शुक्रवार दोस्रो क्वालिफायर हुनेछ । आईपीएलको फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

प्रकाशित मिति: ०७:५४ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्