ए डिभिजन लिगमा खुमलटार र पुलिस विजयी
मंगलबार भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लब र पुलिस क्लबले थ्री स्टार क्लबलाई समान १–०ले रहाए।
काठमाडाैं, जेठ ९ : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएका खेलमा एफसी खुमलटार र नेपाल पुलिस क्लब विजयी भएका छन्। मंगलबार भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लब र पुलिस क्लबले थ्री स्टार क्लबलाई समान १–०ले रहाए।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० ले हरयो । खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औं मिनेटमा निर्णायक गोल गरे।
त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० ले नै हरायो । पुलिसको जितमा अहमद हिजाजीले २८ औं मिनेटमा निर्णायक गोल गरे।
जितसँगै खुमलटारले २१ अंकसहित तालिकाको पुछारमा छ भने सातदोबाटो २९ अंकसहित चौथो स्थानमा छ। यता, जितसँगै २० खेलमा २५ अंक जोडेको पुलिस क्लब आठौं स्थानमा उक्लिएको छ भने थ्री स्टार २६ अंकसहित छैटौं स्थानमा छ।
प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











