Kathmandu Press

लगातार दोस्रो जितसँगै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

लागतार दोस्रो जितसँगै नेपाल समूह एबाट एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ।
लगातार दोस्रो जितसँगै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

काठमाडाैं, जेठ ९ : नेपालमा सोमबरबाट सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाली टिमले लगातार दोस्रो जित निकालेको छ।

प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हल नेपालले बंगलादेशमाथि ३–०को सोझो सेटमा हरायो।

पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको छ।

लागतार दोस्रो जितसँगै नेपाल समूह एबाट एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि नेपालले सोमबार कीर्गिस्तानलाई पनि ३–०मै सेटमा हराएको थियो।

अब नेपालले समूहको अन्तिम खेलमा भारतसँग खेल्ने छ। भारत पनि लागतार दोस्रो जितसँगै सेमिफाइनल पुगिसकेको छ। यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लगाउने छ।

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्