विश्वकप छनोटमा नेपाल, वेस्टइन्डिज र जिम्बाबे एउटै समूहमा, पहिलो खेल जिम्बाबेसँग
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले मंगलबार गरेको ड्रअनुसार नेपाल समूह एमा परेको छ। यो समूहमा वेस्टइन्डिज र जिम्बाबेसँगै एसोसिएट् राष्ट्रहरु नेदरल्यान्ड्स र अमेरिका पनि छन्।
काठमाडौं, जेठ १९ : यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेपाल टेस्ट राष्ट्रहरु वेस्टइन्डिज र जिम्बाबे रहेकै समूहम परेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले मंगलबार गरेको ड्रअनुसार नेपाल समूह एमा परेको छ। यो समूहमा वेस्टइन्डिज र जिम्बाबेसँगै एसोसिएट् राष्ट्रहरु नेदरल्यान्ड्स र अमेरिका पनि छन्।
वेस्टइन्डिज, जिम्बाबे र नेदरल्यानड्स एकदिवसीय विश्वकप सुपरलिगको पुछारमा हरँदै ग्लोबल छनोटका लागि आएका हुन् भने नेपाल विश्वकप लिग–२ शीर्ष ३मा रहँदै ग्लोबल छनोटमा पुगेको हो । यता, अमेरिका बने प्लेअफ मार्फत जिम्बाबे पुगेको हो।
विश्वकप छनोटमा नेपालले आयोजक जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। नेपाल र जिम्बाबेबीचको खेल असार ३ गते हरारे स्पोर्टस क्लबमा हुनेछ।
यस्तै, नेपालले दोस्रो खेल असार ५ गते अमेरिकासँग खेल्ने छ भने चौथो खेल वेस्टइन्डिजसँग असार ७ गते खेल्ने तालिका छ। यस्तै, नेपालले समूहको अन्तिम खेल असोज ९ गते नेदरल्यान्ड्ससँग खेल्ने छ।
१० टिम सहभागी प्रतियोगिताको समूह बीमा श्रीलकां, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्।
दुवै समूहका शीर्ष ३ स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने छन्। लिगका आधारमा हुने सुपार सिक्सबाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थापन बनाउने छन्।
विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार मात्र २२ सदस्यीय प्रारम्भिक टिम छनोट गरेको छ। घरेलु मैदानमा एक साता प्रशिक्षण गरेपछि मुख्य प्रशिक्षक मोन्टी देसाईले १५ सदस्यीय टिम घोषणा गर्नेछन्।
त्यसपछि नेपाली टिम विश्वकप छनोटका तयारीका लागि दक्षिण अफ्रिका जाने छन। त्यहाँ २ साता प्रशिक्षण गरेपछि उतैबाट नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाबे जाने छ।











