Kathmandu Press

२० वर्षपछि न्युकासलले च्याम्पियन्स लिगमा बनायो स्थान

सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलले लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेपछि यो उपलब्धी चुमेको हो ।
२० वर्षपछि न्युकासलले च्याम्पियन्स लिगमा बनायो स्थान

काठमाडौं, जेठ ९ : न्युकासल युनाइटेडले २० वर्षपछि पहिलो पटक सोमबार युरोपेली च्याम्पियन्स लिगमा स्थान बनाएको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलले लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेपछि यो उपलब्धी चुमेको हो ।

एडी होको टिमले खेलमाथि पूर्ण नियन्त्रण राखे पनि गोल भने गर्न सकेन् । तर यो नतिजा उसलाई अर्को सिजनको च्याम्पियन्स लिगमा पुर्‍याउन पर्याप्त रह्यो । लिगको अन्तिम दिनको खेल अगाडि न्युकासलले पाँचौं स्थानमा रहेको लिभरपुलमाथि चार अंकको निर्णायक अग्रता लिएको हो ।

उसको ३७ खेलबाट ७० अंक भयो । बराबरीले लेस्टरमाथि रेलिगेसनको दबाब अझ बढेको छ र यसबाट बच्ने समीकरण उसको हातमा पनि रहेन् ।

एभरटन ३३ अंकमा १७ औं स्थानमा छ भने उसको पछाडि लेस्टर र लिड्स युनाइटेड समान ३१ अंकमा छन् । अब लिगको अन्तिम दिन यिनै तीन टिममध्ये दुई रेलिगेसनमा पर्नेछ । साउथह्याम्पटन यसअघि नै रेलिगेसनमा परिसकेको छ । 
 

प्रकाशित मिति: ०८:१६ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्