काभा महिला भलिबल : किर्गिस्तानमाथि नेपालको सहज जित
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा नेपालले किर्गिस्तानमाथि ३–०को सहज जित निकाल्यो।
काठमाडाैं, जेठ ८ : सोमबारबाट सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा नेपालले किर्गिस्तानमाथि ३–०को सहज जित निकाल्यो।
सोमाबार साँझ भएको खेलमा नेपालले किर्गिस्तानमाथि २५–११, २५–१९ र २५–११को सोझो सेटमा जित निकाल्यो ।
पहिलो र दोस्रो सेट नेपालले अग्रता कायम गर्दै जितेको थियो भने तेस्रो सेट ६–४ ले पछि परेको अवस्थामा जित निकाल्यो। किर्गिस्तानकै खेलमार्फत संगम महतो र रिमा कुँवरले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका छन्।
प्रतियोगितामा नेपालले मंगलबार बंगलादेशसँग खेल्ने छ।
यस्तै, प्रतियोगिताको पहिलो दिन नै उज्वेकिस्तानले श्रीलंकालाई २७–२५, २५–२० र २५–१४ को सोझो सेटमा हरायो भने ले हराउँदै विजयी सुरुवात गरेको हो । सोमबार नै भएको अर्को खेलमा भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ कै सेटमा हरायो।











