Kathmandu Press

अन्तर्राष्ट्रिय महिला भलिबल काठमाडौंमा सुरु

अन्तर्राष्ट्रिय महिला भलिबल काठमाडौंमा सुरु

काठमाडाैं, जेठ ८ : एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमबारबाट काठमाडौंमा सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु प्रतियोगीताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ।

यसैबीच प्रतियोगीताको पहिला खेलमा नेपालले किर्गिस्तानलाई हराउँदै सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थीत कभर्डहलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले किर्गिस्तानलाई २५–११,२५–१९ र २५–११ ले पराजित गर्यो।

त्यस्तै पहिलो दिनको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । कभर्डहलमा भएको पहिलो खेलमा श्रीलंकालाई ३–० ले हराउँदै महत्वपूर्ण तीन अंक बटुलेको छ । उज्वेकिस्तानले २७–२५, २५–२० र २५–१४ ले हराउँदै विजयी सुरुवात गरेको हो।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गर्यो। भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकालेको हो।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्