Kathmandu Press

चर्च ब्वाइज र हिमालयन शेर्पा बराबरी, आर्मीसँग फ्रेन्ड्स पराजित

चर्च ब्वाइज र हिमालयन शेर्पा बराबरी, आर्मीसँग फ्रेन्ड्स पराजित

काठमाडाैं, जेठ ८ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ।

ललितपुरस्थीत च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयनसँग १–१ को बराबरी खेलेको हो। खेलको १३औं मिनेटमा अन्जन विष्टको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो।

तर ३६औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ।

त्यस्तै सोमबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले पराजित गर्यो। आर्मीका लागि जगजित श्रेष्ठले खेलको २६ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै नवयुग श्रेष्ठले खेलको ७५ र सुदिल राईले इन्जुरी टाइममा गोल गरेका थिए। जितसंगै आर्मी २९ अंक जोड्न सफल भएको छ भने फ्रेण्ड्सको २१ अंक रहेको छ। 

प्रकाशित मिति: १७:५० बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्