बेथानचोकमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने
बेथानचोक गाउँपालिकाले आयोजना गर्ने चौथो संस्करणको ‘बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता’ जेठ १२ गतेदेखि १५गतेसम्म आयोजना हुनेछ।
काभ्रे, जेठ ७ : बेथानचोक गाउँपालिकामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
बेथानचोक गाउँपालिकाले आयोजना गर्ने चौथो संस्करणको ‘बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता’ जेठ १२ गतेदेखि १५गतेसम्म आयोजना हुनेछ।
प्रतियोगिताका लागि टिम दर्ताका लागि जेठ ११ गते दिउसो २ बजेसम्मको समय तोकिएको खेलकुद विकास समितिका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।
प्रतियोगितामा जिल्लाभित्र स्थायी बसोबास गरी जिल्लामै अध्ययनरत विद्यार्थीले कुनै पनि टिमबाट सहभागी जनाउन पाउने उनले बताए । खेलाडी दर्ताका लागि सम्बन्धित विद्यालयको पत्र पनि पेश गर्नुपर्ने छ।

आमन्त्रित टिमको हकमा उक्त नियम मान्य नहुने पनि बताइएको उनले जनकारी दिए।
प्रतियोगितामा प्रत्येक टिममा लिब्रो सहित वा लिब्रो बाहेक १० जना खेलाडीहरु १ जना प्रशिक्षक र १ जना टिम मेनेजर समावेश गरिने आयोजकले जनाएको छ। प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ।
विजेताले ६० हजार उपविजेताले ४० हजार र सेमिफाइनल पुग्ने दुवै टिमले १५ हजार रुपैयँँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट र विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।











