Kathmandu Press

महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

आइतबार नेपाल भलिबल संघले जेठ ८ देखि १४ गतेसम्म नेपालमा आयोजना हुने काभा महिला च्यालेन्ज कपको ट्रफी सार्वजनिक गरेको हो।
महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

काठमाडाैं, जेठ ७ : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक गरिएको छ। 

आइतबार नेपाल भलिबल संघले जेठ ८ देखि १४ गतेसम्म नेपालमा आयोजना हुने काभा महिला च्यालेन्ज कपको ट्रफी सार्वजनिक गरेको हो।

त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आयोजना हुने सो प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ।

प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागीता रहने छ।

खेल अगाडी आयोजित प्रिम्याच कन्फ्रेन्समा सहभागी देशका कप्तानहरुले प्रतियोगीताका लागि टिमले निकै तयारी गरेको भन्दै जितको लक्ष्यका साथ अघि बढ्ने जनाएका छन्।

नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले लगातार जीत हासिल गरेर ह्याट्रिक गर्ने योजनामा रहेको बताउनुभयो। उहाले तीन महिनादेखिको तयारीलाई खेलमार्फत प्रदर्शन गर्ने बताए।

प्रतियोगिताको आयोजनाको खर्च अनुमानीत २ करोड ७१ लाख रहेको संघले बताएको छ।

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्