रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु
समर्थकहरू रंगशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहती भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन) ले जनाएको छ।
सान साल्भाडोर, जेठ ७ : मध्य अमेरिकी राज्य एल साल्भाडोरको रंगशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
समर्थकहरू रंगशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहती भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन) ले जनाएको छ।
प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपतकालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन्।
अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन्।
प्रकाशित मिति: १७:२१ बजे, आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












