Kathmandu Press

लगातार तेस्रो सिजन प्रिमियर लिग च्याम्पियन बन्यो म्यानचेस्टर सिटी 

दोस्रो स्थानमा रहेको आर्सनलले अब एक खेल मात्रै खेल्न बाँकी छ । यो खेलमा जिते पनि अहिले सिटी ४ अंकले अघि छ । उसले खेल्न बाँकी तीन वटै खेल हारे पनि च्याम्पियन बन्नेछ ।
लगातार तेस्रो सिजन प्रिमियर लिग च्याम्पियन बन्यो म्यानचेस्टर सिटी 

काठमाडौं, जेठ ७ : म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । उपाधि होडमा रहेको आर्सनल गएराति भएको खेलमा पराजित भएसँगै सिटी तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन च्याम्पियन बन्यो । 

दोस्रो स्थानमा रहेको आर्सनलले अब एक खेल मात्रै खेल्न बाँकी छ । यो खेलमा जिते पनि अहिले सिटी ४ अंकले अघि छ । उसले खेल्न बाँकी तीन वटै खेल हारे पनि च्याम्पियन बन्नेछ । सिटीले आज चेल्सीसँगको खेलपछि प्रिमियर लिगको उपाधि प्राप्त गर्नेछ । गएरातिको खेलमा आर्सनल नटिङघम फरेस्टसँग १–० गोलले पराजित भयो । 

खेलको पहिलो हाफमा ताइओ एवोनियीले गरेको गोल नै निर्णायक बन्यो । आर्सनल ३७ खेलमा ८१ अंकका साथ दोस्रो स्थानमा छ । गएराति भएका अरु खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथलाई १–० गोलले हरायो ।  

त्यस्तै लिभरपुल र एस्टन भिल्ला तथा उल्भ्स र एभर्टनले १–१ गोलको बराबरी खेले । फुलहम र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेले । ब्रेन्टफोर्डले टोटनहमलाई ३–१ गोलले हराएको छ । 

प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्