Kathmandu Press

कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश र राजपुरालाई

शनिबार भएको ११औं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि जित्ने क्रममा आर्मीका मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा निर्धारित दुरी पार गरे।
कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश र राजपुरालाई

काठमाडौं, जेठ ६ : कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश पाल र राजपुरा पछाईंले जितेका छन् ।

शनिबार भएको ११औं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि जित्ने क्रममा आर्मीका मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा निर्धारित दुरी पार गरे।

१ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दुरी पार गरेका आर्मीकै राजन रोकाय दोस्रो भए । यस्तै, भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन तेस्रो भए । उनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेका थिए ।

महिलातर्फ राजपुराले आफ्नो उपाधि रक्षा गरिन् । नेपाल पुलिस क्लबकी राजपुराले १ घन्टा १९ मिनेट १६ सेकेन्डको समय निकालिन् ।

पुलिसकै राममाया बुढा दोस्रो भइन् । उनले १ घन्टा २३ मिनेट ०७ सेकेन्डको समय निकाले । त्यस्तै एपीएएफका पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ३१ सेकेन्डका साथ तेस्रो भइन्।

हाफ म्याराथन पुरुष र महिला दुवैको विजेताले जनही १ लाख पाउने छन् । त्यस्तै दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो ।

प्रकाशित मिति: १०:४५ बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्