Kathmandu Press

नीति तथा कार्यक्रममा खेलकुद : कीर्तिपुर र मुलपानी मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, हरेक स्कुलमा खेल शिक्षक

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर र मुलपानी मैदानलाई दुई वर्षभित्र स्तरोन्‍नति गरी अन्तर्राष्‍ट्रियस्तरको प्रतियोगिता सञ्‍चालन हुने व्यवस्था गर्ने बताए।
नीति तथा कार्यक्रममा खेलकुद : कीर्तिपुर र मुलपानी मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, हरेक स्कुलमा खेल शिक्षक

काठमाडौं, जेठ ५ : सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने भएको छ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर र मुलपानी मैदानलाई दुई वर्षभित्र स्तरोन्‍नति गरी अन्तर्राष्‍ट्रियस्तरको प्रतियोगिता सञ्‍चालन हुने व्यवस्था गर्ने बताए।

यस्तै, सरकारले चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रङगशालाको पूर्वाधार निर्माण कार्य अघि बढाउनले भएको छ।

यस्तै, सरकारले खेलकुदको विकासका लागि पत्येक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने भएको छ। ‘हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिनेछ। वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिनेछ।’

यस्तै, खेलकुदलाई राष्‍ट्रको पहिचान¸ गौरव र प्रतिष्‍ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने पनि सरकारले घोषणा गरेको छ।

‘खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिनेछ। खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक(निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।

अन्तर्राष्‍ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिने पनि सरकारले नीति तथा कार्यममा समेटेको छ।

 

 

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्