Kathmandu Press

यु २२ बक्सिङ च्याम्पियनसिपका विजेता खेलाडीलाई नगदसहित सम्मान

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरुलाई सम्मान गरेका हुन्।
यु २२ बक्सिङ च्याम्पियनसिपका विजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडाैं, जेठ ४ : नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबिसी एसियाली यु २२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरुलाई सम्मान गरेका हुन्। जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए। पुरुष ८६ केजीमा विजय बाटाले कांस्य हात पारेको थिए।

सुष्माले २० हजार नगद पुरस्कार पाइन्। बाँकी कांस्य विजेताले जनही १० हजार नगद पुरस्कार पाए। त्यस्तै प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ समान ५-५ हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमानदार प्रयास गर्ने बताए।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएवापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भएका थिए।
 

प्रकाशित मिति: १६:५६ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्