साफ च्याम्पियनसिपमा भारत र कुवतेसँगै नेपाल कठीन समूहमा
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सर्वाजनिक गरेको ड्रअुनसर नेपाल साफकै सबैभन्दा सफल टिम भारत र पहिलो पटक साफ खेल्न लागेको बलियो कुवेतसँगे समूह एमा परेको छ।
काठमाडाैं, जेठ ३ : यसै वर्ष भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठीन समूहमा परेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सर्वाजनिक गरेको ड्रअुनसर नेपाल साफकै सबैभन्दा सफल टिम भारत र पहिलो पटक साफ खेल्न लागेको बलियो कुवेतसँगे समूह एमा परेको छ।
यो समूहमा नेपाल, भारत र कुवेतसँगै पाकिस्तान पनि छ। ८ पटकको च्याम्पियन भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो।
नेपाल भने एक पटक मात्र फाइनल पुग्न सकेको छ। माल्दिभ्समा भएको अल्घिल्लो संस्करणमा नेपाल फाइनलमा भारतसँगै पराजित भएको थियो।
समूह बीमा दुईपटकको च्याम्पियन माल्दिभ्ससँगै भुटान, बंगलादेश र आमन्त्रित लेवनान छन्। यो पटक कुवेत र लेवनानलाई आमन्त्रित टिमका रुपमा साफ च्याम्पियसिपमा खेलाइएको हो।
१४औं संस्करणको साफ जुलाई २१ देखि जुन ४ सम्म भारतमा आयोजना हुनेछ।
प्रकाशित मिति: १३:४८ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार