Kathmandu Press

इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

मिलान डर्बी एसी मिलानमालाई समग्रता ३-० ले हराउँदै इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको हो । लाउटारो मार्टिनेजको गोलमा सेमिफाइनल दोस्रो लेगमा इन्टरले एसी मिलानलाई १-० ले पराजित गरेको हो ।
इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, जेठ ३ : इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मिलान डर्बी एसी मिलानमालाई समग्रता ३-० ले हराउँदै इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको हो । लाउटारो मार्टिनेजको गोलमा सेमिफाइनल दोस्रो लेगमा इन्टरले एसी मिलानलाई १-० ले पराजित गरेको हो । मार्टिनेजले ७५औं मिनेटमा गोल गरे । पहिलो लेग इन्टरले २-० ले जितेको थियो ।

इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनलमा रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।

रियल र सिटीबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । यी दुईबीच दोस्रो लेग बुधबार राति हुनेछ ।

प्रकाशित मिति: ०७:५४ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्