Kathmandu Press

चर्च बोइज शीर्ष स्थानमा, थी स्टार र आर्मीले खेले बराबरी

शनिबार शदरथ रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–०ले हराउँदै चर्च बोइज शीर्ष स्थानमा उक्लिएको हो।
चर्च बोइज शीर्ष स्थानमा, थी स्टार र आर्मीले खेले बराबरी

काठमाडौं, जेठ २ : ए डिभिजन लिगका नवप्रवेशी क्लब चर्च बोइज युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार शदरथ रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–०ले हराउँदै चर्च बोइज शीर्ष स्थानमा उक्लिएको हो।

दशरथ रंगशालमा चर्च बोइजलाई जित दिलाउन सुवास गुरुङले निर्णायक गोल गरे। उनले ६३औं मिनेटमा गोल गरेका थिए ।

जितपछि चर्च बोइज जावालखेल युथ क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थान उक्ले छ। उसको १८ खेलबाट ३३ अंक छ। समान खेलबाट जावलाखेलको ३१ अंक छ। सातदोबाटो २६ अंकसहित पाँचौं स्थानमा छ।

मंगलबार नै भएको अर्को खेलमा थ्री स्टार र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको  ।

त्यस्तै च्यासल मैदानमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ। पुलिसको जितमा मोसेस ग्याबाह तुमले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ । एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ।

 

 

प्रकाशित मिति: २१:२९ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्