Kathmandu Press

टि–२० विश्वपको एसिया छनोटमा अगस्ट अन्तिममा, नेपालसहित ११ टिम

आईसिसीका अनुसार एसिया छनोटमा नेपालसहित १० टिम सहभागी हुनेछन्। जसमा नेपाल, मलेसिया, थाइल्याण्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, म्यानमारले छन्।
टि–२० विश्वपको एसिया छनोटमा अगस्ट अन्तिममा, नेपालसहित ११ टिम

काठमाडाैं, जेठ २ : सन् २०२४मा बंगलादेशमा हुने टि–२० विश्वकपको एसिया छनोट अगस्ट अन्तिमबाट सुरु हुने भएको छ। एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा आयोजना हुनेछ।

आईसिसीका अनुसार एसिया छनोटमा नेपालसहित १० टिम सहभागी हुनेछन्। जसमा नेपाल, मलेसिया, थाइल्याण्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, म्यानमारले छन्।

११ मध्ये २ टिमले टि–२० महिला विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

नेपाली टिमले यही मे अन्तिमबाट मलेसियासँग पाँच खेलको टी(२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

ग्लोबल छनोटमा टेस्ट राष्ट्र श्रीलंका र आरयरल्यान्डसहित १० टिम सहभागी हुने छन्। जसमा क्षेत्रीय छनोटबाट एसिया, अफ्रिका र युरोपबाट समान २ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट समान १ टिम आउनेछन्।

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्