Kathmandu Press

पुतलीबजार नगरपालिकामा श्रम स्वीकृत सुरु 

वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरपालिकाको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृती र पुन श्रम स्वीकृती लिन सक्ने नगरपालिकाले जनाएको छ ।
पुतलीबजार नगरपालिकामा श्रम स्वीकृत सुरु 

काठमाडौं, जेठ २ : पुतलीबजार नगरपालिकाले श्रम स्वीकृत दिन सुरु गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरपालिकाको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृती र पुन श्रम स्वीकृती लिन सक्ने नगरपालिकाले जनाएको छ ।

Hardik ivf

वैदेशिक रोजगारीलाई थप व्यवस्थित,मर्यादीत,सुरक्षित भरपर्दो पारदर्शी तथा सहज बनाउन साथै सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यले २०८० साल बैशाख १ गते देखी सेवा सुरु गरेतापनि सोमबार पुतलीबजार नगरपालिका वडा नं ४ का लोक बहादुर सुनारले श्रम स्वीकृती लिएका हुन् । 

नगरप्रमुख तुलसीराम रेग्मीले रोजगार सेवा केन्द्र मा आवेदन दिई श्रम स्वीकृत तथा पुन श्रम स्वीकृत लिन सकिने बताए विगतमा श्रम स्वीकृती लिन पोखरा,काठमाडौ, जानुपर्ने बाध्यता थियो, स्थानीय सरकारले नै श्रम स्वीकृत स्थानिय तह बाट नै प्रदान गर्न प्रावधान ल्याएकोमा आफूहरुलाई खुसी लागेको बताए । 

नगरपालिकाको रोजगार संयोजक लक्ष्मी शर्माले सरकारी व्यवस्था, अनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित र सुरक्षित, भरपर्दो सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरेको बताईन्।

चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानिय तहबाटै श्रम स्वीकृति तथा पुन श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य  श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाईन आवेदन भर्न नसक्नेका लागि निशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ । स्थानीय तहबाटै श्रम स्वीकृतका सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकलाई सुविधा हुने भएको छ ।

प्रकाशित मिति: ०८:४३ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्