Kathmandu Press

विश्वका घुम्नैपर्ने शहरको सूचीमा काठमाडौं

काठमाडौं, फागुन ५ : घुमफिरको लागि ‘रेटिङ’ गर्ने ‘लन्ली प्लानेट’ ले विश्वका घुम्नै पर्ने शहरको सूचीमा काठमाडौंलाई पनि राखेको छ ....

विश्वका घुम्नैपर्ने शहरको सूचीमा काठमाडौं

काठमाडौं, फागुन ५ : घुमफिरको लागि ‘रेटिङ’ गर्ने ‘लन्ली प्लानेट’ ले विश्वका घुम्नै पर्ने शहरको सूचीमा काठमाडौंलाई पनि राखेको छ ।

प्लानेटले सन् २०१९ मा घुम्नै पर्ने शहरको सूची सार्वजनिक गर्दै काठमाडौंलाई पाँचौ नम्बरमा राखेको हो । जसमा पहिलो नम्बरमा डेनमार्कको कोपन हेगन, दोस्रोमा चीनको स्यानझेन शहरलाई राखेको छ ।

त्यस्तै, तेस्रोमा सर्भियाको नाभी स्याड शहर परेको छ भने चौथोमा अमेरिकाको मायामी शहर परेको छ ।

पाँचौ नम्बरमा नेपालको राजधानी काठमाडौंलाई घुम्नै पर्ने सूचीमा राखेको छ । काठमाडौं शहर भूकम्पपछि पुरातत्व सम्पदाहरुको पुननिर्माण चलिरहेको भन्दै विश्वभरका पर्यटकलाई काठमाडौं घुम्न उपयुक्त हुने समेत जनाएको छ ।

काठमाडौंलाई घुम्नु पर्ने सहरको सुचिको उत्कृष्ट पाँचौमा पार्दै लोनली प्लानेटले काठमाडौंको बारेमा यस्तो लेखेको छ –२०७२ ( सन् २०१५) को भुकम्पपछि क्षतिग्रस्त र शोकमा डुबेको काठमाडौंका बारेमा सञ्चारमाध्यममा समाचारहरु आए । तर अहिले पुर्ननिर्माण र पहिलाकै स्वरुपमा फर्किने विषयमा बहस शुरु भएको छ । भुकम्पका बेला ढलेका आकर्षक  स्तम्भहरू पुरै पुननिर्माण हुन बाँकी भए पनि, ऐतिहासिक स्थानहरू पूर्ववत रुपमा स्थापित भएका छन् । काठमाडौंको दिक्क लगाउने ट्राफिक, धुवाँ र ध्वनी प्रदुषणलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेका छन् । अहिले विद्युत प्रवाह र वाइफाइको सुविधा भर पर्न सकिने खालका भएका छन् ।  यी सुविधाले काठमाडौंको वातावरणीय र साना भित्री गल्लीहरूको कारण उत्पन्न हुने तनावलाई मत्थर पार्न सहयोग गर्छन् ।

 

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, फागुन ५, २०७५