Kathmandu Press

खुमलटारमाथि मछिन्द्रकाे जित, हिमालयन शेर्पा र संकटाले खेले बराबरी

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।  मछिन्द्रले अग्रता एन्ड्रिस नियाको गोलमा ४२ औं मिनेटमा लिएको थियो।
खुमलटारमाथि मछिन्द्रकाे जित, हिमालयन शेर्पा र संकटाले खेले बराबरी

काठमाडाैं, वैशाख १६ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।  मछिन्द्रले अग्रता एन्ड्रिस नियाको गोलमा ४२ औं मिनेटमा लिएको थियो।

त्यस्तै ओलावाले अफिजले ७७ औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाए भने खेल सकिन ७ मिनेट बाँकी रहदा अफिजले गोल गर्दै मछिन्द्रलाई जित दिलाए । जितसंगै मछिन्द्रले १८ खेलबाट ३० अंक जोडेको छ । खुमलटार १७ अंक सहित तालिकाको पुछारमा छ।

त्यस्तै सोमबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। म्यानुअल नानाले ५० औं मिनेटमा शेर्पालाई अग्रता दिलाएका थिए। संकटाका आयुश घलानले ७४ औं मिनेटमा संकटाका लागि बराबरी गोल फर्काएका थिए।

बराबरीसंगै संकटाले १८ खेल खेल्दै २१ अंक जोडेको छ भने हिमालयन शेर्पाको २२ अंक रहेको छ। 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्