Kathmandu Press

अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडाैं, जेठ १ : नेपाल भलिबल संघले एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।  प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन्।

सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ। अध्यक्ष चन्दले प्रतियोगितामा बिभिन्न विधामा उत्कृष्ट हुनुलाई समेत पुरस्कृत गरिने बताए। उनले संघले यसअघि ठूला–ठूला भलिवल प्रतियोगिताहरु आयोजना गरेको र त्यसको अनुभवका आधारमा अहिलेको प्रतियोगितामा निकै राम्रो व्यवस्थापन गरेको दावी गरे।

प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ७१ लाख लाग्ने अनुमान संघले गरेको छ। सरकारले २०७४ जेष्ठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबललाई घोषणा गरेको दिनको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको संघले जनाएको छ। 

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्