Kathmandu Press

४ खेलअघि नै बार्सिलोना च्याम्पियन

आइतबार राति भएको क्याटलान डर्बीमा स्यान्योललाई ४–२ले हराउँदै बार्सिालेनाले ४ खेलअघि नै ला लिगा उपाधि जितेको हो।
४ खेलअघि नै बार्सिलोना च्याम्पियन

काठमाडाैं, जेठ १ : स्पेसिन क्लब बार्सिलोना ४ खेलअघि नै ला लिगा च्याम्पियन बनेको छ। आइतबार राति भएको क्याटलान डर्बीमा स्यान्योललाई ४–२ले हराउँदै बार्सिालेनाले ४ खेलअघि नै ला लिगा उपाधि जितेको हो।

३४ खेलबाट बार्सिलोना ८५ अंक जोडेको शीर्ष स्थानमा छ भने समान खेलबाट रियल ७१ अंकसहित दोस्रो स्थानमा छ। अब बार्सिलोनाले बाँकी खेल हार्दासमेत रियलले भेट्ने छैन।

बार्सिलोनाले सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो। पूर्वखेलाडी जाभीको प्रशिक्षणमा बार्सिलोनाको यो दोस्रो उपाधि हो। यसअिघ उनसले यसै सिजन रियललाई नै हराउँदै स्पेनिस सुपरकप जितेको थियो ।

रोबर्ट लेवान्डोस्कीले ११औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २०औं मिनेटमा एलेक्स बाल्डेले टिमको अग्रता दोब्बर बनाए । ४०औं मिनेटमा लेवान्डोस्कीले नै गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–०को अग्रता लियो ।

५३औं मिनेटमा जुल्स कोन्डेले गोल गरेपछि खेलमा बार्सिलोनाले ४–० को अग्रता लियो । त्यसपछि ७३औं मिनेटमा जाभिएर पाउडो र इन्जुरी समयमा जोसेलुले स्पान्योलका लागि गोल फर्काए पनि त्यो बार्सिलोनालाई हराउन पर्याप्त भए।

प्रकाशित मिति: ०९:२७ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्