Kathmandu Press

चेन्नाईविरुद्ध कोलकाताको जित

आइतबार एम ए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा चेन्नाईले प्रस्तुत गरेको १४५ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । 
चेन्नाईविरुद्ध कोलकाताको जित

काठमाडौं, जेठ १ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दोस्रो स्थानको चेन्नाई सुपर किङ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । आइतबार एम ए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा चेन्नाईले प्रस्तुत गरेको १४५ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । 

कोलकाताको जितमा कप्तान नितिश कुमारले ४४ बलमा ६ चौका र एक छक्कासहित ५७ रन बनाए । रिन्कु सिंहले ५४ रन बनाए । रिन्कुले ४३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यी दुईले ३३.३ को नाजुक अवस्थाबाट ९९ रनको साझेदारी गर्दै कोलकातालाई जितसम्म डोहोर्याएका थिए ।

चेन्नाईका दीपक चहरले तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो ।चेन्नाईका सिवम दुबेले ४८ रन बनाएका थिए । डेविड कोन्वेले ३०, रवीन्द्र जडेजाले २०, रितुरात गाइकवाडले १७ र अजिन्क्या रहानेले १६ रन जोडे । 

प्रकाशित मिति: ०७:४८ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्