बैंग्लोरका बलर चम्किए, राजस्थान ५९ रनमै अलआउट
बलर चम्किएपछि बैंग्लोरले राजस्थान रोयल्सलाई ५९ रनमा अलआउट गर्दै ११२ रनको फाराकिलो जित निकाल्यो।
काठमाडाैं, वैशाख ३१ : आईपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर सानदार जित निकालेको छ। बलर चम्किएपछि बैंग्लोरले राजस्थान रोयल्सलाई ५९ रनमा अलआउट गर्दै ११२ रनको फाराकिलो जित निकाल्यो।
राजपुरमा १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा ५९ रनमै अलआउट भयो । उसक लागि २ ब्यायट्सम्याले मात्र दोहोरो अंकमा स्कोर बनाउने सके। उसका लागि शिमरन हेटमायरले १९ बलमा ३५ रन बनाउँदा जो रुटले १० रन बनाए।
राजस्थानको इनिङ ध्वस्त बनाउने क्रममा वायन पर्नेलले ३ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिए भने मिचेल ब्रेसवेल र कर्ण शर्माले समान २ विकेट लिए।
पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो। उसका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक ५५ रन बनाए । उनले ४४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै ग्लेन म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छ्कका प्रहार गर्दै ५४ रन बनाए भने अनुज रावतले ११ बलमा २९ रन बनाउँदा विराट कोहलीले १८ रन बनाए।
राजस्थानका एडम जाम्पा र केएम आसिफले समान २ विकेट लिए ।
फाराकिलो जितपछि रनरेटमा व्यापक सुधार गरेको बैंग्लोर १२ खेलमा १२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। यता, एक खेल बढी खेलेको राजस्थान १२ अंकसहित छैठौं स्थानमा छ।











