Kathmandu Press

चर्च बोइजले गुमायो शीर्ष स्थान उक्लने मौका, थ्री स्टारमाथि मछिन्द्रको जित

शनिबार दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग १–०ले पराजित भएपछि चर्च बोइजले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो।
चर्च बोइजले गुमायो शीर्ष स्थान उक्लने मौका, थ्री स्टारमाथि मछिन्द्रको जित

काठमाडौैं, वैशाख ३० : सहिद स्मारक ए डिभिजन लिगमा चर्च बोइज युनाइटेड पुनः शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग १–०ले पराजित भएपछि चर्च बोइजले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो।

चर्च बोइजविरुद्ध आर्मीलाई जित दिलाउन ४४ औं मिनेटमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे।

जीतसँगै आर्मीको १७ खेलमा २४ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ भने चर्च बोइज ३० अंकसहित दोस्रो स्थानमा छ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा मछिन्द्र क्लबले थ्री स्टारलाई १–० ले हरायो।

मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौं मिनेटमा गरेका थिए। जितपछि मछिन्द्रको २७ अंकसहित तेस्रो स्थानमा उक्लँदा थ्री स्टारको २५ अंकसहित चौथो स्थानमा झरेको छ।

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्