Kathmandu Press

मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी बस्नेत विरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं माघ १६ : अख्तियर दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा ९ कर....

मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी बस्नेत विरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं माघ १६ : अख्तियर दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा ९ करोड भ्रष्टाचार गरेको भन्दै विषेश अदालतमा मुद्दा दायर गरेको छ।

बस्नेत ०४५ साल कात्तिक १९ गते मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्त भएका हुन् । उनले सरकारी सेवा शुरु गरेदेखि आर्थिक बर्ष  २०७५र०७६ सम्मको अवधिको अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ।

अख्तियारले अनुसन्धान गर्दा उनको तलब, पारिश्रमिक, बचत आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी ७४ लाख ७३ हजार ३७३ रुपैयाँ वैध भेटिएको थियोे।

Hardik ivf

उनले मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद मार्फत नगद असुल गरी राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको खुलेको अख्तियारको दावी छ। अख्तियारले ०७५ असोज २५ गते ११ लाख नगदसहित पक्राउ गरेको थियो । त्यसपछि उनीमाथि अनुसन्धान गर्दा ९ करोड भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ। 

गैरकानूनी सम्पत्ति आर्जित सम्पत्ति विषय उपरको अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरुबाट उनले आफू, आफ्नो परिवारका सदस्य तथा भतिजा नाताका व्यक्ति समेतका नाममा दर्ता कायम रहने गरी जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गरेको पाएको थियो। 

यस्तो बस्नेतको सम्पत्ती विवरण 

- बस्नेतले आफू तथा श्रीमती सीता बस्नेतको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर समेत ६ करोड ७४ लाख २५ हजार १४५ रुपैयाँ 

- आमा टुकु कुमारी बस्नेतको नाममा रहेको जग्गामा बस्नेतले लगानी गरी बनाएको घर निर्माणमा ६२ लाख ९० हजार ५४८ रुपैयाँ 

- कर्जा एवं सापटी चुक्ता प्रयोजनमा ३९ लाख ७६ हजार २९० रुपैयाँ 

- जीवन बीमाका विभिन्न पोलिसीहरुमा प्रिमियम शुल्कमा ५ लाख ७० हजार ४९० रुपैयाँ 

- सवारी साधन खरिदमा ३७ लाख ३१ हजार 

- अंशियार दाजुभाइलाई अंशबापत नगद भुक्तानीमा १५ लाख

- पुँजिगत लाभकरमा ३ लाख ४७ हजार ४० रुपैयाँ 

- छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३२५ रुपैयाँ 
- शेयर खरिदमा १८ हजार 

- भ्रष्टाचार गर्दागर्दै पक्राउ पर्दा ११ लाख रुपैयाँ 

- श्रीमती सीता बस्नेतको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा पठाइ बैङ्किङ च्यानलबाट भतिजा कृपा बस्नेतलाई उपलब्ध गराई लगानी गर्नमा १ करोड रुपैयाँ 

- राजेन्द्र बस्नेत र उनका परिवारका सदस्यहरुको नाममा संचालित विभिन्न बैंक खाताहरुमा जाँचअवधिमा देखिएको अन्तिम मौज्दात ५ लाख ८७ हजार १४८ रुपैयाँ


 

प्रकाशित मिति: २१:१९ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्