सूर्यकुकमारकाे शतकमा गुजरातमाथि मुम्बईको जित
शुक्रबार राति घरेलु मैदान वानखडेमा भएको खेलमा सूर्यकुमार यादवको शतक मद्दतमा मुम्बईले शीर्ष स्थानको गुजरात टाइटन्समाथि २७ रनको जित निकाल्यो।
काठमाडाैं, वैशाख ३० : आईपिएलमा मुम्बई इन्डियन्स विजयी भएको छ। शुक्रबार राति घरेलु मैदान वानखडेमा भएको खेलमा सूर्यकुमार यादवको शतक मद्दतमा मुम्बईले शीर्ष स्थानको गुजरात टाइटन्समाथि २७ रनको जित निकाल्यो।
मुम्बइले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेटको क्षतिमा १९१ रन मात्रै बनाउन सक्यो। १०३ रन बनाउँदै ८ विकेट गुमाएको गुजरातका लागि रसिद खानले आठौं नम्बरमा ब्याटिङ गर्दै ३२ बलमा ७९ रन बनाए। अविश्वसनी रुपमा उनले ४ चौका र १० छक्का प्रहार गरे।
यस्तै, डेविड मिलरले २६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४२ र विजय शंकरले १४ बला २९ रनको योगदान दिए। मुम्बईका लागि आकाश मधवालाले ३ तथा पियुव चावला र कुमार कार्तिकेयले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवले मेडन शतक मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनायो। विस्फोटक ब्याटिङ गरेका उनले ४९ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक प्रहार गरिसकेका उनले यो आईपिएलमा भने पहिलो शतक हो। यस्तै, वानखडेमा मुम्बईका लागि सन् २०११ मा सचिन तेन्दुलकरपछिको पहिलो शतक हो।
यस्तै, इशान किशानले २० बलमा ३१ रन बनाउँदा विष्णु विनोदले २० बलमा ३० रन बनाए। यस्तै, कप्तान रोहित शर्माले १८ बलमा २९ रन बनाउँदा नेहाल बधेराले ७ बलमा १५ रनको योगदान दिए।
गुजरातका राशिद खानले ४ विकेट लिए। उनले ४ ओभरमा ३० रन खर्चिए । यस्तै। मोहित शर्माले १ विकेट लिए ।
यो जितसँगै मुम्बईमा १२ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। यता, गुजरात भने पराजयका बाबजुद शीर्ष स्थानमै छ। उसको १६ अंक छ।
मुम्बइसँग पराजित भए पनि गुजरात शीर्ष स्थानमै छ ।











