Kathmandu Press

संकटालाई हराउँदे पुलिसले छाड्यो रेलिगेसन जोन, शेर्पासँग रोकियो मनाङ

शुक्रबार दशरथ रंगशालामा भएका खेलमा संकटा क्लबलाई २–१ले हराउँदै पुलिस क्लब रेलिगेसन जानेटबाट निस्किएको हो।
संकटालाई हराउँदे पुलिसले छाड्यो रेलिगेसन जोन, शेर्पासँग रोकियो मनाङ

काठमाडौं, वैशाख २९ : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ।

शुक्रबार दशरथ रंगशालामा भएका खेलमा संकटा क्लबलाई २–१ले हराउँदै पुलिस क्लब रेलिगेसन जानेटबाट निस्किएको हो।

मोजेस ग्याबा आठौं मिनेटमा गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए। २३औं मिनेटमा निशान खड्काले संकटाका लागि बराबरी गोल फर्काए। तर, ७९औं मिनेटमा मोहमद आशिकले गोल गर्दै पुलिसलाई महत्वपूर्ण तीन अंक दिलाए।

जितसँगै पुलिस ११औं स्थानमा उक्लिएको छ। उसको १७ खेलमा १९ अंक छ। समान खेल खेलेको संकटाको २० अंकसहित १०औं स्थानमा छ।

यस्तै, शुक्रबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब हिमालयन शेर्पासँग १–१को बराबरीमा रोकिएको छ ।

खेलमा मनाङका लागि निराजन धामीले १३औं मिनेटमा गोल गरेका थिए भने हिमालयनका लागि अबायानी फकुल्नीले ३६ .औं मिनेटमा गोल गरेका थिए ।

बराबरीसँगै दुवै टिमले १७ खेलमा समान २१ अंक जोड्का छन्। उनीहरु क्रमशः आठौं र नवौं स्थानमा छन्।

प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्