Kathmandu Press

ट्याब्लेट, स्मार्टफोन वा टेलिभिजन प्रयाेगले बालबालिकाको मष्तिष्कमा असर गर्ने

ट्याब्लेट, स्मार्टफोन वा टेलिभिजन हेरेर धेरै समय बिताउने भर्खरै हिँड्न थालेका बालबालिकाको मष्तिष्क परिवर्तन भइरहेको हुनसक्छ।

मष्तिष्कको स्क्यान गर्दा “....

ट्याब्लेट, स्मार्टफोन वा टेलिभिजन प्रयाेगले बालबालिकाको मष्तिष्कमा असर गर्ने
सांकेतिक

ट्याब्लेट, स्मार्टफोन वा टेलिभिजन हेरेर धेरै समय बिताउने भर्खरै हिँड्न थालेका बालबालिकाको मष्तिष्क परिवर्तन भइरहेको हुनसक्छ।

मष्तिष्कको स्क्यान गर्दा “स्क्रिन टाइम” धेरै भएका बालबालिकाको मष्तिष्कको “ह्वाइट म्याटर” नहेर्नेको तुलनामा ढिलो विकास भइरहेको नयाँ अध्ययनले देखाएको छ। भाषा, शिक्षासम्बन्धी अन्य सीप, मानसिक नियन्त्रण र आत्मसंयमकझ प्रक्रिया त्यही “ह्वाइट म्याटर” मा विकास हुने अनुसन्धाताहरू बताउँछन्।

“यी सीपहरू व्यक्तिसँग गरिने अन्तरक्रिया, संसारसँग हुने अन्तर्क्रिया र खेलकुदजस्ता अनुभवको गुणस्तरमा भरपर्छ भन्ने हाम्रो सोचाइँ हो,” मुख्य अनुसन्धाता डा. जोन हट्टनले भने।  हट्टन सिन्सिनाटी चिल्ड्रेन्स हस्पिटलको रिडिङ एन्ड लिटरेसी डिस्कभरी सेन्टरकार निर्देशक हुन्।

Hardik ivf

यी सम्बन्धको तीव्र विकास हुने भएकोले जीवनको पहिलो पाँच वर्ष महत्वपूर्ण हुने हट्टनले बताए। “पर्दामा देखिने केही मिडियाले मष्तिष्कमा फाइबरको अन्तरसम्बन्ध र सानैमा सिक्ने भाषा र साक्षरताजस्ता तिनले सहयोग गर्ने सीप सुदृढ बनाउन पर्याप्त प्रोत्साहन नदिनसक्छ,” उनले भने।

टेलिभिजनको प्रयोग सुरू भएको दशकौं भयो। तर पछिल्लो समय ह्वात्तै बढेको “पोर्टेबल स्क्रिन” उपकरणले बालबालिकाको “स्क्रिन टाइम” अत्यधिक बढाएको हट्टनले औंल्याए।

अमेरिकन एकेडेकी अफ पेडियाट्रिक्स (एएपी) ले १८ महिनाभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि “स्क्रिन” देखाउन नहुने सुझाव दिएको छ। १८ देखि २४ महिनाका बालबालिकालाई देखाउन परे बच्चा र आमाबाबु दुवैले हेर्न मिल्ने उच्च गुणस्तरका कार्यक्रम/उत्पादन मात्रै “डिजिटल मिडिया”मा देखाउनुपर्छ। त्यो पनि आमाबाबुले चाहे भने मात्र।

दुईदेखि पाँच वर्षका बालबालिकाले “स्क्रिन टाइम”दिनमा एक घण्टामात्रै हुनुपर्छ। अनि आमाबाबुले सन्तानसँगै बसेर ती कार्यक्रम हेर्नुपर्छ। त्यसबाहेक, आमाबाबुले स्क्रिन बन्द गर्ने समय तोक्नुपर्छ र बेडरूम “मिडियाफ्री” बनाउनुपर्छ।

अध्ययनको क्रममा हट्टन र उनका सहकर्मीले तीनदेखि पाँच वर्षका ४७ जना बालबालिकाको मष्तिष्कको एमआरआइ गरे। संज्ञानात्मक सीपको मूल्याङ्कन गर्न उनीहरूले “टेस्ट” पनि दिए। आमाबाबुलाई दिइएको प्रश्नावलीले उनीहरूको “स्क्रिनक्यु” पत्ता लगायो। उनीहरूको बालबालिकाले स्क्रिनअघि कति समय बिताउँछन् र एएपीको सुझाव उनीहरूले कति पालन गरेका छन्, “स्क्रिनक्यु”ले बताउँछ।

जति बढी “स्क्रिनक्यु”को अंक, बच्चाले त्यति नै ढिलो वस्तुहरूको नाम बताउने अनुसन्धाताले पत्ता लगाए। उनीहरूको साक्षरता सीप पनि त्यति नै ढिलो विकास हुने देखियो। “स्क्रिनक्यु”को अंक धेरै हुँदा “ह्वाइट म्याटर” को विकास पनि सुस्त हुने देखिएको छ।

विशेषगरी मष्तिष्कभरि नशाका संवेगहरूको तीव्र गतिमा सञ्चार हुने प्रक्रियामा प्रभाव हुन्छ। विकास हुँदै गरेको मष्तिष्कलाई अन्य व्यक्ति र वास्तविक संसारको “स्टिमुलेसन” आवश्यक हुने हट्टनको विश्वास छ। यसले उनीहरूको वास्तविक क्षमता विकास हुन्छ।

“साना बालबालिका व्यक्तिसँग हुने सम्बन्ध, संसारसँग गरिने अन्तर्क्रिया, उनीहरूको सबै इन्द्रीयको प्रयोगमा साँच्चै निर्भर हुन्छन्,” उनले भने,“प्रारम्भिक बाल्यकालमा बालबालिकालाई स्क्रिनदेखि जति टाढा राख्यो र व्यक्तिसँग जति बढी अन्तर्क्रिया गर्न दियो, उत्ति राम्रो हुन्छ।”

स्क्रिनका कारण भएको मष्तिष्कको सुस्त विकास पछि ठीक पार्ने सम्भावना त होला तर उमेर बढ्दै गएपछि मष्तिष्कलाई परिवर्तन गर्नु कठिन हुने हट्टनले बताए।
 

प्रकाशित मिति: ०६:१५ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्