Kathmandu Press

आईपीएल क्रिकेटमा राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

राजस्थानका यशस्वी जैशवाल ९८ रनमा अविजित रहे । उनले १३ बलमै अर्धशतक पूरा गरेका थिए । कप्तान सन्जु स्यामसनले ४८ रन बनाए ।
आईपीएल क्रिकेटमा राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

काठमाडौं, वैशाख २९ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १३ ओभर १ बलमा भेट्टायो ।

राजस्थानका यशस्वी जैशवाल ९८ रनमा अविजित रहे । उनले १३ बलमै अर्धशतक पूरा गरेका थिए । कप्तान सन्जु स्यामसनले ४८ रन बनाए । त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

उसका वेंकटेश ऐरले सर्वाधिक ५७ रन जोडे । अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । राजस्थानका युजवेन्द्र चहलले ४ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिए ।

जितसँगै राजस्थान १२ खेलमा १२ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता १२ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ ।

प्रकाशित मिति: ०७:५६ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्