Kathmandu Press

फ्रेन्ड्समाथि सानदार जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा

बिहीबार च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबमाथि ४–१को सानदार जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो।
फ्रेन्ड्समाथि सानदार जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा

काठमाडाैं, वैशाख २८ : जावलाखेल युथ क्लब सहिदा स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबमाथि ४–१को सानदार जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो।

१७ खेलबाट ३० अंक जोडेको जावलाखेल चर्च बोइज युनाइटेडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। यद्यपि चर्च बोइजले एक खेल कम खेलेको छ। फ्रेन्ड्स १६ खेलमा १९ अंकसहित ११ औं स्थानमा छ।

जावलाखेलको जितमा एनकोटो मासोआबीले २ गोल गर्दा राहुल र फोडे फोफानाले पनि गोल गरे। फ्रेन्ड्सका लागि श्यामबाबु क्यापछाकीले गोल फर्काए।

२०औं मिनेटमा राहुलको गोलमा जावलाखेलले सुरुआती अग्रता लियो। २६औं मिनेटमा मासोआबीले जावलाखेलको अग्रता दोब्बर बनाए। पहिलो हाफ २–०मै सकियो।

६३ औं मिनेटमा मासोआबीले नै गोल गरेपछि खेलमा जावालाखेलले ३–०को अग्रता लियो। उनले पेनाल्टीमा गोल गरेका थिए। ७९औं मिनेटमा फ्रेन्ड्सका श्यामले गोल गर्दै खेलालाई ३–१को अवस्थामा ल्याए। इन्जुरी समयमा फोफानाले गोल गरेपछि जावलाखेलले ४–१को सहज जित निकाल्यो।

 

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्