सुनिलको माया हुन्छ हुन्छ.. बजारमा (भिडियोसहित)
काठमाडौं, माघ १६ : मोडल तथा निर्देशक सुनिल क्षेत्री र मोडल रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो 'माया हुन्छ हुन्छ' सार्वजनिक भएको छ....

काठमाडौं, माघ १६ : मोडल तथा निर्देशक सुनिल क्षेत्री र मोडल रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो 'माया हुन्छ हुन्छ' सार्वजनिक भएको छ।
हेमन्त शिशिर र सन्ध्या आचार्यले स्वर भरेको गीतको लय तथा शब्द विदुर आपगाइँले गरेका हुन्। चलचित्र निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियो सार्वजनिक भएको छोटो समयमा चर्चा बटुल्न सफल भएको छ।
उत्सव दाहालले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्।
भिडियो हेर्नुस् :
प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












