नेपाली टिमको विश्वकप छनोट तयारी दक्षिण अफ्रिकामा, स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्ने
नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सँग अभ्यास खेल खेल्ने तयार पनि गरेको छ। अभ्यास खेलका लागि स्कटल्यान्ड र नेदरल्यान्ड्सँग कुराकानी भइरहेको दासले जानकारी दिए।
काठमाडाैं, वैशाख २८ : नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा तयारी गर्ने भएको छ। त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रक्रिया अघि बढाएको छ।
दक्षिण अफ्रिका भ्रमणका लागि खेलाडी तथा अफिसियलको भिसाको काम भइरहेको क्यानले जनाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार नेपाली टिमले दक्षिण अफ्रिकामा १० दिन अभ्यास गर्नेछ।
यही बीचमा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सँग अभ्यास खेल खेल्ने तयार पनि गरेको छ। अभ्यास खेलका लागि स्कटल्यान्ड र नेदरल्यान्ड्सँग कुराकानी भइरहेको दासले जानकारी दिए। नेपाली टिम मे अन्तिम साता दक्षिण अफ्रिका जाने तयारीमा रहेको उनले बताए ।
यसै वर्ष भारत मा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोट जुन १८ बाट जिम्बाबेमा हुनेछ। प्रतियोगितामा चार टेस्ट राष्ट« वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र जिम्बावेसहित १० टिम सहभागी छन्। यी चार टेस्ट टिमसहित नेदरल्यान्ड्स सुपर लिगबाट आएका हुन्।
यस्तै, आईसिसी विश्वकप लिग २ बाट आएका नेपाल, ओमान, स्कटल्यान्ड तथा प्लेअफबाट आएका युएई र अमेरिकाले पनि विश्वपक छनोट खेल्ने छन्।
छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् र विश्वकपमा स्थान बनाउनेछन्।











