त्रिभुवन विश्वविद्यालयमा २ दिने दार्शनिक सम्मेलन सप्पन्न
सनातन विज्ञान शिक्षा तथा अनुसन्धान केन्द्र (सविशिअके), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरद्वारा भौतिक शास्त्र केन्द्रीय बिभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा २ दिने आदर्श जीवनका लागि पुर्वीय दर्शनको उपयोगिता सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।
काठमाडौं, वैशाख २८ : त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा २ दिने आदर्श जीवनका लागि पुर्वीय दर्शनको उपयोगिता सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
सनातन विज्ञान शिक्षा तथा अनुसन्धान केन्द्र (सविशिअके), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरद्वारा भौतिक शास्त्र केन्द्रीय बिभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा २ दिने आदर्श जीवनका लागि पुर्वीय दर्शनको उपयोगिता सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न "किर्तिपुर घोषणापत्र" जारी गर्दै सम्पन्न भएको हो ।
वैशाख २६ र २७ गते सम्पन्न सम्मेलनमा डा दीपेन्द्र परजुलीले श्री स्वस्थानी ब्रतको महत्त्व र डा. गोबिन्द शरण उपाध्यायले मनोबिज्ञानको दर्शन तथा ३ वटा सनातन बिज्ञान पाठ्यक्रम मोड्युल, ई. सिद्ध राज पन्तले सनातन ज्ञान परम्परा, जीवन र कामको सन्तुलन र सनातन शासन विज्ञान बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा सहभागी बक्ताहरुको धारणामा नेपालले कुनै पनि कार्यहरु अघि बढाउँदा आफ्नो घाँटी हेरेर हाड निल्नु पर्ने कुरामा जोड दिएका थिए ।
विभिन्न व्यावसायिक समाजका प्रतिनिधिहरुको समेत उपस्तिथि रहेको उक्त सम्मेलनले १२ बुँदे किर्तिपुर घोषणा पत्र जारी गरेको छ । ८५ जनाको सहभागिता रहेको उक्त सम्मेलनमा १६ वटा दार्शनिक मन्तव्य प्रस्तुत गरिएको थियो ।
सम्मेलनको उद्घाटन व्यवहारिक विज्ञान तथा प्रविधी अनुसन्धान केन्द्रका पुर्व कार्यकारी निर्देशक प्रा. डा. रामेश्वर अधिकारीले गरेका थिए । कार्यक्रमको सञ्चालन सोही केन्द्रका उप प्रा., सविशिअकेका संयोजक तथा बैज्ञानिक समाज नेपालका सदस्य सचिव डा. दीपेन्द्र पराजुलीले गरेका थिए ।
घोषणापत्रका १२ बुँदामा अध्ययन, अनुसन्धान तथा उत्पादन, आदर्श परिवार निर्माण, पाठ्यक्रममा पुर्वीय दर्शन, बिबादास्पद पाठ्यक्रम, आध्यात्मिक शिबिर, तनाव ब्यबस्थापन, उपयुक्त बिचार, बिज्ञान तथा प्रविधी, वैश्विक शितलता र शान्ती, प्राकृतिक उद्यमशिलता, शुलभ शिक्षा तथा स्वास्थ्य, राष्ट्रियताको अन्तर्राष्ट्रियकरण र नेपाली जिवनशैली लगायतका बिषय समेटिएको छ ।












