Kathmandu Press

आईपीएल क्रिकेटमा चेन्नईले दिल्लीलाई २७ रनले हरायो

चेन्नईले जितका लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन मात्रै बनाउन सक्यो । 
आईपीएल क्रिकेटमा चेन्नईले दिल्लीलाई २७ रनले हरायो

काठमाडौं, वैशाख २८ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले हराएको छ ।

चेन्नईले जितका लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन मात्रै बनाउन सक्यो । 

उसका रिली रोसोले सर्वाधिक ३५ रन जोडे । मनिष पान्डे २७ र अक्षर पटेल २१ रनमा आउट भए । दिल्लीका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका मथिशा पथिरानाले ३ तथा दीपक चहरले २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । 

चेन्नईका शिवम दुवेले २५, रितुराज गायक्वाडले २४, अम्बाती राइडुले २३, अजिङ्क्या रहाणे र रविन्द्र जडेजाले समान २१ तथा कप्तान महेन्द्र सिंह धोनीले २० रन जोडे । दिल्लीका मिचेल मार्सले ३ तथा अक्षर पटेलले २ विकेट लिए । 

जितसँगै १२ खेलमा १५ अङ्क जोडेको चेन्नई अङ्कतालिकाको दोस्रो स्थानमा छ ।दिल्ली ११ खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: ०७:५३ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्