थ्री स्टारलाई हराउँदै चर्च बोइज शीर्ष स्थानमा, एपिएफले आर्मीलाई हरायो
बुधबार भएको खेलमा मछिन्द्र क्लबलाई २–१ हराउँदै चर्च बोइज लिगको शीर्ष स्थानमा उक्लिएको हो।
काठमाडाैं, वैशाख २७ : चर्च बोइज क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार भएको खेलमा मछिन्द्र क्लबलाई २–१ हराउँदै चर्च बोइज लिगको शीर्ष स्थानमा उक्लिएको हो।
चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो। मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए।
खेलमा अग्रता चर्च बोइजले अन्जन विष्टको गोलमा खेलको ४०औं मिनेटमा लियो। ओमोलाजा करिमले ६६औं मिनेटमा मछिन्द्रका लागि बराबरी गोल फर्काएका थिए। तर, ७१औं मिनेटमा प्रदीप भण्डारीले आत्मघाति गोल गरेपछि खेल चर्च बोइजले २–१ ले जित्यो ।
जितपछि चर्च ब्वाइज ३० अंकसहित शीर्ष स्थानमा छ भने मछिन्द्र २४ अंकसित चौथो स्थानमा छ।
यस्तै, बुधबार नै भएको अर्को खेलमा विभागीय डर्बीमा एपिएफ क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित निकाल्यो ।
अर्मान्ड विडोङले ४०औं मिनेटमा एपिएफलाई अग्रता दिलाएका थिए। ५५औं मिनेटमा आभाष लामिछानेले एपिएफको अग्रतालाई दोब्बर बनाए। ६१औं मिनेटपछि नविन लामाले गोल गरेपछि एपिएफले आर्मीमाथि ३–०को जित निकाल्यो।
जीतसँगै एपिएफ २२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ भने आर्मी २१ अंकसहित सातौं स्थानमा छ।











