थ्री स्टार-एनआरटी बराबरी, संकटाले सातदोबाटोलाई हरायाे
मंगलबार त्रिपुरेश्वस्थीत दशरथ रंगशालामा थ्री स्टारले एनआरटीसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो। बराबरीसंगै एनआरटीको १८ अंक भएको छ भने थ्री स्टारको २५ अंक रहेको छ।
काठमाडाैं, वैशाख २६ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले एनआरटीसँग बराबरी खेल्दै अंक बाड्न बाध्य भएको छ।
मंगलबार त्रिपुरेश्वस्थीत दशरथ रंगशालामा थ्री स्टारले एनआरटीसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो। बराबरीसंगै एनआरटीको १८ अंक भएको छ भने थ्री स्टारको २५ अंक रहेको छ।
त्यस्तै मंगलबार नै संकटा क्लबले सातदोबाटो युथ क्लबमाथी सहज जित दर्ता गरेको छ। च्यासल मैदानमा भएको खेलमा संकटाले सातदोबाटोलाई २-० गोल अन्तरको हराएको हो।
संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरे। खेलको १४औं मिनेटमा गोल गर्दै युसेफले संकटालाई सुरुआती अग्रता दिलाएका थिए।
यस्तै खेलको २६औं मिनेटमा युसेफले ब्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए। जितसँगै संकटाले १६ खेलमा २० अंक जोडेको छ भने सातदोबाटोको २३ अंक रहेको छ।
प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार