आईपीएल क्रिकेटमा कोलकाताले पञ्जाबलाई ५ विकेटले हरायो
जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका नितिश राणाले सर्वाधिक ५१ रन बनाए । आन्द्रे रसेलले ४२ तथा जेसन रोयले ३८ रन जोडे ।
काठमाडौं, वैशाख २६ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराएको छ ।
जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका नितिश राणाले सर्वाधिक ५१ रन बनाए । आन्द्रे रसेलले ४२ तथा जेसन रोयले ३८ रन जोडे ।
पञ्जाबका राहुल चाहारले २ विकेट लिए । हरप्रित बरार र नाथन इल्सले एकरएक विकेट लिए । घरेलु मैदान इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
पञ्जाबका कप्तान शिखर धवनले सर्वाधिक ५७ रन बनाए । जितेश शर्माले २१ तथा साहरुख खानले अविजित २१ रन जोडे । कोलकाताका वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए । जितसँगै कोलकाता ११ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा रहेको छ । समान खेलमा १० अङ्क नै रहेको पञ्जाब सातौँ स्थानमा छ ।