Kathmandu Press

गीत हटाउन दबाब दिएकोमा विवेकशीलको विरोध

काडमाडौं, फागुन ५ : लोकगायक पशुपति शर्मालाई दबाब दिएर ‘लुट्न सके लुट कान्छा’ गीतलाई यूट्युबबाट हटाउन बाध्य पारिएको भन्दै विवेकशील नेपाली द....

गीत हटाउन दबाब दिएकोमा विवेकशीलको विरोध

काडमाडौं, फागुन ५ : लोकगायक पशुपति शर्मालाई दबाब दिएर ‘लुट्न सके लुट कान्छा’ गीतलाई यूट्युबबाट हटाउन बाध्य पारिएको भन्दै विवेकशील नेपाली दलले विरोध गरेको छ ।

आज विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले प्रेस विज्ञप्ती जारी गरि गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको प्रहारको विरोध गर्न अपिल गरेका छन् । ‘आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्वाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्न समेत आह्वान गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ ।

संविधानको धारा १७ ले विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको मौलिक हकमा रुपमा सुनिश्चित गरेकाले यसको रक्षा गर्नु जिम्मेवार संगठनको जिम्मेवारी भएको विज्ञप्तिमा जनाएको छ । ‘सरकार र सरकार निकट व्यक्तिहरू अनि संगठनहरूबाट दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकार्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ । मनोवैज्ञानिका दबाबबाट सिर्जना गरिने आत्मनियन्त्रण लोकतन्त्रका लागि झन् हानिकारक हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो घटनाले नागरिक हकलाई कुल्चने सरकारी प्रवृतिको उजागर गरेको उल्लेख गर्दै शान्ति सुरक्षा विधेयक, सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी नीति तथा अन्य नीति तथा विधेयकहरू यही मनसायले ल्याइएकाको विवेकशीलका ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘गायक शर्माको गीतलाई हटाउन दबाब दिने काम त्यही श्रृंखलाको अर्को कडी हो भन्ने हाम्रो बुझाइ रहेको छ ।’

 

 

प्रकाशित मिति: १३:०० बजे, आइतबार, फागुन ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्