Kathmandu Press

मनाङ र पुलिसले खेले २–२ गोलको बराबरी

मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए।
मनाङ र पुलिसले खेले २–२ गोलको बराबरी

काठमाडाैं, वैशाख २५ :  राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ।

सोमबार ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र स्रोह्रौं मिनेटमा गोल गरे भने सन्तोष खत्रीले ७८ औं मिनेटमा गोल गरे।

खुमलटारका लागि मिसुकेले ६७ मिनेटमा सान्त्वना गोल फर्काए ।  फ्रेन्ड्स १६ खेलबाट १९ अंक सहित तालिकाको ९ औं स्थानमा रहेको छ भने खुमलटार १६ खेलमा १७ अंक सहित तालिकाको १३ औं स्थानमा झरेको छ ।

त्यस्तै सोमबार नै एन्फा कम्लेक्स सातदोबाटोमा  भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका छन्।

मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए। पुलिसका लागि अहमद हिजाजीले १६औं र ७१औं मिनेटमा गोल गरेका थिए ।

मनाङ १६ खेलबाट २० अंक सहित सातौ स्थानमा छ । पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा कायमै रहेको छ।

 

प्रकाशित मिति: १७:५९ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्