लखनउलाई हराउँदै गुजरात प्लेअफ नजिक
आइतबार भएको खेलमा लखनउ सुपर जाइन्ट्सलार्य ५६ रनले हराउँदै गुजराज प्लेअफ नजिक पुगेको हो।
काठमाडाैं, वैशाख २४ : डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स आईपिएलको प्लेअफ नजिक पुगेको छ। आइतबार भएको खेलमा लखनउ सुपर जाइन्ट्सलार्य ५६ रनले हराउँदै गुजराज प्लेअफ नजिक पुगेको हो।
११ खेलमा ८ जितसहित १६ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ। अब गुजरातले लिगम मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्न बाँकी छ। लखनउ ११ अंकसहित तेस्रो स्थानमा छ।
पहिला ब्याटिङ गर्दै गुजरातले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो। उसका लागि क्वेन्टर डिककले सर्वाधिक ७० रन बनाए । जारी आईपिएलमा पहिलो खेल खेलका उनले ४१ बल खेल्दा ७ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, कायल मेयर्स ३२ बलमा ४८ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुआत दिलाएका थिए। आयुष बदोनीले २१ र दिपक हुडाले ११ रन बनाए ।
लखनउलाई रोक्ने क्रममा मोहित शर्मनले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए भने मोहम्मद शामी, नुर अहमद र रासिद खानले समान एक विकेट लिए।
त्यसअघि घरेलु मैदानमा गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो । उसका लागि ओपनरद्वय शुभमन गिल र ऋद्दिमन साहले उत्कृष्ट ब्याटिङ गरे। यी दुईले पहिलो विकेटका लागि १२.१ ओभरमा १४२ रनको साझेदारी गरे।
गिलले अविजित ९४ रन बनाए। उनले ५१ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरे। साहले ४३ बल खेलेका ऋद्दिमनले १० चौका र ४ छक्का मदतमा ८१ रन बनाए।
कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २५ र डेभिड मिलरले १२ बलमा अविजित २१ रन बनाए। लखनउका लागि मोहसिन खान र आभेष खानले समान एक विकेट लिए ।











