मछिन्द्र विजयी, आर्मी राेकियाे
आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा अग्रता एपीएफले ३६ औं मिनेटमा अर्मान्ड बिडोमको गोलमा लिएको थियो।
काठमाडाैं, वैशाख २४ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले एपीएफलाई पराजित गरेको छ।
आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा अग्रता एपीएफले ३६ औं मिनेटमा अर्मान्ड बिडोमको गोलमा लिएको थियो।
पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
त्यस्तै दोश्रो हाफको अतिरिक्त समयमा ओलावाले अफिजले गोल गरेपछि मछिन्द्र विजयी भयो। जितसँगै मछिन्द्रले १५ खेलबाट २४ अंक जोडेको छ। एपीएफको १९ अंक रहेको छ।
त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीले पुछारको टिम संकटासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
खेलको १८औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो। खेलको इन्जुरी समयमा संकटाका फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए।
बराबरीसँगै संकटाले १५ खेलबाट १७ अंक जोडेको छ। आर्मीले समान खेलबाट २१ अंक जोडेको छ।